मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधवकुमार नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्राचार

माधवकुमार नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्राचार

नेपाललाई कारबाही गर्न अनुरोध गर्दै रौतहट प्रहरीलाई लेखिएको पत्रमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्नका लागि निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाएको छ। आयोगले बिहीबार प्रहरीलाई पत्र काट्दै कारबाही गर्न अनुरोध गरेको हो। 

National life

नेपाललाई कारबाही गर्न अनुरोध गर्दै रौतहट प्रहरीलाई लेखिएको पत्रमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ। 

‘निज श्री माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउन भनि सार्वजनिक प्रलोभन देखाउने काम गरेकाले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ,’ आयोगले पठाएको पत्रमा भनिएको छ।

रौतहटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालले निर्वाचन प्रभावित गर्ने गरी विदेश जान बिना पैसा भिसा पाइने भनेर अभिव्यक्ति दिएको भन्दै आयोगले नेपाललाई स्पष्टीकरणसमेत सोधेको छ। ‘तपाईंले 'बिना ढेवा के भिसा मिलते हैं, टिकट मिल्ते हैं, काठमाडौं तालिम मिल्ते है' भनी सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईँको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।' आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ। तर आयोगले उक्त अवधि नगुज्रँदै रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो।  

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन पाइँदैन। ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई १ लाख रूपैयाँसम्म जरीवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

प्रकाशित: Oct 20, 2022| 15:11 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।