शनिबार, असार ६, २०८३

२० जिल्लाका सवा करोड मतपत्र छापिए

प्रदेशसभातर्फ ६४ लाख ३२ हजार ५ सय र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार मतपत्र छापिएका हुन्।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबारसम्म २० जिल्लाका मतपत्र छापिएका छन्।निर्वाचन आयोगका अनुसार २० जिल्लाका लागि १ करोड २८ लाख ४९ हजार ५ सय मतपत्र छापिएका हुन्। प्रदेशसभातर्फ ६४ लाख ३२ हजार ५ सय र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार मतपत्र छन्।

National life

प्रत्यक्ष निर्वाचनका लागि देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। उनीहरूका लागि करिब ४ करोड मतपत्र छापिने आयोगले जनाएको छ। समानुपातिकतर्फका करिब ४ करोड मतपत्र आयोगले छापिसकेको छ।

आयोगका अनुसार प्रत्यक्षतर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुराको प्रत्यक्षतर्फको मतपत्र छपाइ भइसकेको छ।

त्यस्तै, प्रदेशसभाका लागि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामको मतपत्र छपाइ सम्पन्न भएको छ।

प्रकाशित: Oct 20, 2022| 14:53 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...