शनिबार, असार ६, २०८३

आयोगले राजनीतिक दललाई भन्यो : बाजा बजाएर भोट नमाग्नू

आमसभा, कोणसभा गर्दा बाजागाजा बजाएर चुनावी प्रचार नगर्न आयोगको निर्देशन।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो। 

National life

राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानबारे कम्तीमा २४ घन्टाअगावै जानकारी गराउनुपर्ने आयोगले बताएको छ । 

यस्तै, बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र त्यस्ता कार्यक्रम गर्नुपर्ने,  घरदैलोमा जाँदा उम्मेदवारले २५ बढीको जुलुस लिएर जान पाइने छैन।

बाजागाजा तथा झाँकीसहित जान नहुने र यस्ता कार्यक्रममा बालबालिका प्रयोग गर्न नहुनेतर्फ आयोगले सचेत गराएको छ।


प्रकाशित: Oct 20, 2022| 13:26 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...