मंगलबार, वैशाख २९, २०८३

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

कास्की र सुर्खेतबाट अवैध लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- कास्की र सुर्खेतबाट अवैध लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका-३२ बडहरेबाट १ केजी ९ सय ग्राम गाँजासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

National life

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय दान बहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन्। प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। 

सुर्खेतको भेरीगंगा नगरपालिका-१२ बाट ३ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बहराईज नानपरा घर भई बिरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने २६ वर्षीय लियाकत अलीले छन्। उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको बा ५ च ३७७२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवारी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रकाशित: Oct 20, 2022| 12:28 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।