मंगलबार, वैशाख २९, २०८३

कञ्चनपुरका दुई उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरमा दुई उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र प्रतिनिधी सभा सदस्यका एक/एक उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

धनगढी- कञ्चनपुरमा दुई उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र प्रतिनिधी सभा सदस्यका एक/एक उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

National life

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका पल्टु राना  र मदन दमाई बिरुद्ध भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको हो।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालिन अध्यक्ष पल्टु राना र विचौलिया मदन दमाईविरुद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

नागरिक उन्मुक्ति पार्टीबाट पल्टु राना क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार छन् भने मदन दमाई  स्वतन्त्रबाट प्रतिनिधी सभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका छन्।

उम्मेदवारद्वय राना र दमाई बिरुद्धमा भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम बिगो सहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ। 

तत्कालिन अध्यक्ष रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ । भने बिचौलिया नै घोषित गरेर दमाईलाई पनि ३७ लाख ४६ हजार ८८० रूपैयाँ बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ। राना र दमाई बिरुद्धमा भ्रष्टाचार निवार ऐन ०५९को दफा २४ बमोजिम ३७ लाख बढि रूपैयाँ बिगोसहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले तीन जना अध्यक्ष सहित ३७ जनाको नाममा विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

प्रकाशित: Oct 20, 2022| 10:46 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।