शनिबार, असार ६, २०८३

नेकपा समाजवादीलाई जिताउन २ हजार ५०१ जनाको जम्बो समिति

सत्तागठबन्धमा रहेको नेकपा एसले आफूले १९ वटा निर्वाचन क्षेत्रका नेतालाई जिताउन नेता माधवकुमार नेपालको अध्यक्षता रहने गरी निर्वाचन परिचालन समिति गठन गरेको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीले २,५०१ जनाको जम्बो केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो।

National life

महासचिव वेदुराम भुसाल संयोजकत्वको २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालयसहित अध्यक्ष नेपाल नेतृत्वमा  निर्वाचन परिचालन समिति गठन गरिएको छ। 

निर्वाचन परिचालन समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्य र पार्टी प्रदेश कमिटी पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी रहनेछन्। सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णय गर्नेछ।

निर्वाचन परिचालन केन्द्रीय सचिवालयमा गंगालाल तुलाधर, डा. विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल, विष्णु लम्साल, घनप्रसाद गौतम, मोहन गौतम, रमेशरञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, डा.विशाल भण्डारी  सुदेश पराजुली र नितेश पौडेल रहेका छन्।

प्रकाशित: Oct 19, 2022| 16:45 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...