शनिबार, भदौ २७, २०८३

युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट

 |  शनिबार, भदौ २७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०८३

काठमाडौं। नेपालले युएई पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ। यो जितसँगै नेपाल २०२७ को एशिया कपमा छनौ भएको छ।

नेपालले युएईलाई ४४ रनले पराजित गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.२ ओभरमा अल आउट हुदै २६९ रन बनाएको हो। 

युएईका लागि राहुल चोपडाले १०० रन बनाएका थिए भने सोहैब खानले ५२, तनिश पुरीले ४२ रन र हरप्रीत सिंहले ३३ रन बनाएका थिए। 

यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेलेका थिए भने गुलशन  झाले अर्धशतक बनाउदै ५२ रन बनाएका थिए। त्यसैगरी, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दिपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ रन बनाए भने इशान पाण्डेले १३ रन बनाएका थिए।

त्यस्तै युएईका बलर इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए।

यो जितपछि नेपालले २०२७ को जुनमा बंगलादेशमा हुने एशिया कपमा छनौट भएको छ। एशिया कपका लागि आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै छनौट भएका छन्।

प्रकाशित: Sep 12, 2026| 15:38 शनिबार, भदौ २७, २०८३
प्रतिक्रिया दिनुहोस्