आइतबार, भदौ २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • २२ वर्षपछि गान्धी परिवारबाहिर पुग्यो भारतीय कांग्रेसको नेतृत्व, खड्गे चुनिए अध्यक्ष

२२ वर्षपछि गान्धी परिवारबाहिर पुग्यो भारतीय कांग्रेसको नेतृत्व, खड्गे चुनिए अध्यक्ष

गान्धी परिवारसँग निकट खड्गेले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्। पार्टीका संरचनामा ५० प्रतिशत ५० वर्षमुनिकै राख्ने योजना उनको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

नयाँदिल्ली– भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व २२ वर्षपछि गान्धी परिवारबाहिर पुगेको छ। ८० वर्षीय मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कंग्रेस अध्यक्षमा चुनिएका हुन्। 

बुधबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार खड्गे ७ हजार ८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी शशि थरुरले १ हजार ७२ मत ल्याएका छन्। पार्टीको चुनावी प्यानल प्रमुख मधुसुदन मिस्त्रीका अनुसार ९६ प्रतिशत मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए। चुनावमा ९ हजार ५ सय प्रतिनिधिले मतदान गरेको उनले जानकारी दिएका थिए। 

गान्धी परिवारसँग निकट खड्गेले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्। पार्टीका संरचनामा ५० प्रतिशत ५० वर्षमुनिकै राख्ने योजना उनको छ।

दलित समुदायका खड्गे कर्नाटकका हुन्। उनी भारतको माथिल्लो सदन राज्यसभाका सदस्य छन्। खड्गे कर्नाटकबाट दलको नेतृत्वमा पुग्‍ने दोस्रो व्यक्ति बनेका छन्। यसअघि एस निजालिंगप्पा कांग्रेसको अध्यक्ष भएका थिए। 

गान्धी परिवारका सोनिया र राहुलले पार्टी नेतृत्वमा नै नयाँ अनुहारलाई ल्याएर कांग्रेस परिवारवाद मात्र नभएर रुपान्तरणका लागि पनि तयार रहेको सन्देश दिन खोजेका थिए। 

सन् १९४७ देखि हालसम्म १६ जनाले पार्टीको नेतृत्व गरिसकेका छन्। जसमा गान्धी परिवारबाट पाँच जना अध्यक्ष भएका छन्। सन् २००० मा भएको पार्टीको चुनावमा सोनिया गान्धीविरुद्ध उत्तर प्रदेशका कांग्रेस नेता जितेन्द्र प्रसादले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: Oct 19, 2022| 14:55 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।