शनिबार, जेठ ३०, २०८३

नेप्सको सिस्टम डाउन हुँदा देशभरका एटीएम ठप्प

नेप्सको सिस्टममा समस्या आएपछि हिजो रातिदेखि नै एटीएम नचलेको हो। रातिदेखि नै मेन्टेनेन्सको काम भइरहेकोले चाँडै सिस्टमले काम गर्न सुरु गर्ने नेप्सले जानकारी दिएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९
National life
Shivam cement

काठमाडौं- नेपालभरका सम्पूर्ण बैंकको अटोमेटेड टेलर मेसिन (एटीएम)को सेवा ठप्प भएको छ। नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)मा समस्या आएपछि देशभरका सम्पूर्ण बैंकहरूको एटीएम नचलेको हो। 

नेप्सको सिस्टममा समस्या आएपछि हिजो रातिदेखि नै एटीएम नचलेको हो। रातिदेखि नै मेन्टेनेन्सको काम भइरहेकोले चाँडै सिस्टमले काम गर्न सुरु गर्ने नेप्सले जानकारी दिएको छ। 

नेप्सका अनुसार बुधबार बिहान केही समयका लागि सिस्टम चलेको थियो तर पछि फेरि समस्या आएको छ। सिस्टम नै डाउन गराएर काम सुरु गरिएकोले एटीएममा समस्या भएको उसले जानकारी दिएको छ। 

प्रकाशित: Oct 19, 2022| 14:22 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्