मंगलबार, वैशाख २९, २०८३

भाइटीकाको शुभ साइत १० कात्तिक बिहान ११:३७ बजे

समितिले यस वर्ष भाइटीको शुभसाइत १० कात्तिक बिहीबार बिहान ११:३७ बजे उत्तम हुने बताएको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ। 

National life

समितिले यस वर्ष भाइटीको शुभसाइत १० कात्तिक बिहीबार बिहान ११:३७ बजे उत्तम हुने बताएको हो।

यमपञ्चक ५ कात्तिक शनिबारबाट सुरु हुनेछ। ५ कात्तिकमा  यमदीपदान सुरु गरिन्छ। यमपञ्चक अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ। 

धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

६ कात्तिक आइतबार कागतिहार (काकबलि) पर्व परेको छ। धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ। ७ कात्तिक सोमबार कुकुर तिहार पर्व मनाइन्छ। त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ। 

यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि ७ कात्तिक सोमबार नै रहेको उनले बताए। लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि पनि भनिन्छ। ८ कात्तिक मंगलबार गाईपूजा गरिन्छ। यस दिन सूर्यग्रहण पनि परेको छ।

९ कात्तिक बुधबार गोवद्र्धधनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ। ९ कात्तिक बुधबार नेपाल संवत् ११४३ आरम्भ हुँदै छ।

१० कात्तिक बिहीबार तिहारको मुख्य दिन हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन्। नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ।

यस दिन साइत खोज्नेले बिहान ११:३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ। - रासस

प्रकाशित: Oct 19, 2022| 13:35 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।