शनिबार, जेठ ३०, २०८३

एमजीको विद्युतीय गाडी ‘एमजी जेडएस इभी’को बुकिङ खुला

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालि लेलङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस इभीको लागि बुकिङ खुला गरेको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालि लेलङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस इभीको लागि बुकिङ खुला गरेको छ। 

National life

४४० किलोमिटर रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ किलोमिटर प्रतिघण्टा रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर रहेको कम्पनीले बताएको छ। 

एमजी जेडएस इभीको इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ। यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ। 

साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन जडान गरिएको छ। यस गाडीमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू राखिएको कम्पनीले जनाएको छ। 

एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङसहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ। एमजी जेडएस इभीमा ११५ किलोवाटको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ।

Shivam cement

यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको दूरीमा गुड्न सक्छ। एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड कट एलोय व्हील्स र २.५ को पिएम फिल्टरलगायत अन्य धेरै सुविधाहरु राखिएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार एमजी जेडएस् इभिमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन्। यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ। 

साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ। यस गाडीको मूल्य ८१ लाख ९९ हजार तोकिएको छ। 

प्रकाशित: Oct 19, 2022| 12:33 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्