शनिबार, जेठ ३०, २०८३

बीवाइडीको सुविधासम्पन्न शोरुम नक्सालमा

बीवाइडीको सुविधा सम्पन्न शोरुम नक्सालमा संचालनमा आएको छ। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स नेपालले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त शोरुम संचालनमा ल्याएको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- बीवाइडीको सुविधा सम्पन्न शोरुम नक्सालमा संचालनमा आएको छ। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स नेपालले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त शोरुम संचालनमा ल्याएको हो।

National life

उक्त शोरुमको अनिलकेशरी शाह र बीवाइडी नेपालका ब्रान्ड-एम्बेस्डर हरिवंश आचार्यले संयुक्तरूपमा उद्घाटन गरेका छन्। कम्पनीका अनुसार शोरुमबाट भर्खरै सार्वजनिक भएको एटो-३ लाई बिक्री गरिने छ।

बीवाइडी एटो-३ को नेपाली बजार मूल्य ८९.९ लाख रुपैयाँ छ। बिक्रेता कम्पनी साइमेक्सले हाललाई नेपाली बजारमा ठूलो क्षमताको ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एटो-३ उपलब्ध हुने जनाएको छ।

यसमा रहेको ब्याट्रीले एकपटकको फुल चार्जमा ४२० किलोमिटर दूरीसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यो गाडीमा फास्ट चार्जिङको सुविधा पनि उपलब्ध छ। यसलाई फास्ट चार्जरबाट चार्ज गर्न ८० किलोवाटको फास्ट चार्जर आवश्यक पर्दछ, जसले ४५ मिनेटमै फुल चार्ज गर्ने दाबी गरिएको छ।

यसैगरी आगामी शनिबार उक्त गाडी पोखरामा पनि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।

Shivam cement

प्रकाशित: Oct 19, 2022| 12:31 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्