शनिबार, जेठ ३०, २०८३

सिटिजन लाइफले पाँचौं वार्षिकोत्सव ७ दिन मनाउँदै

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दै छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दै छ। 

National life

कम्पनीले स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेसनरीलगायतका शैक्षिक सामाग्री वितरण गरी वार्षिकोत्सव मनाउँदै आएको छ। 

यस वर्ष पनि असोज ३१ गतेदेखि कात्तिक ६ गतेसम्म सप्ताहव्यापी कार्यक्रममार्फत सोही प्रकारका गतिविधिहरुलाई निरन्तरता दिइने जनाएको छ। 

कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक र्‍याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ। 

यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ। त्यसैगरी विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्यशिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ।

Shivam cement

कम्पनीका नियमित गरिने काम बाहेक कम्पनीको विशेष दिन सम्पुर्ण कर्मचारी, अभिकर्ता साथीहरुको साथमा आफ्नो घर–छिमेक, समाज प्रतीको उत्तरदायित्व बोध गरी केहि योगदान गर्न पाउँदा विशेष सन्तुष्टि प्राप्त हुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकाय र स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ। 

कम्पनीको प्रगति सँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाज प्रतिको जिम्मेवारी पुरा गर्न सधैँ तयार रहने प्रतिवद्धता कम्पनीले जाहेर गरेको छ। 


प्रकाशित: Oct 19, 2022| 12:29 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्