शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल भित्रियो युरोपको चर्चित घरेलु उपकरण ब्रान्ड 'बोश'

नेपाल भित्रियो युरोपको चर्चित घरेलु उपकरण ब्रान्ड 'बोश'

युरोपको चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको 'बोश' ब्रान्ड नेपाली बजारमा भित्रिएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- युरोपको चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको 'बोश' ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। नेपालको लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेकसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो।

National life

बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको बताइएको छ। कम्पनीले कमलादीस्थित आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ। 

स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ। यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन्।

अहिलेको बजार गतिशील छ। ग्राहकहरू हरेक प्रकारको उपकरण खरिद गर्न सचेत छन्। ग्राहकहरू घरेलु उपकरणहरू खरिद गर्न कुनै सम्झौता गर्न चाहँदैनन्। यस्तो अवस्थामा नेपाली बजारमा बोश प्रवेश गरेलगत्तै ग्राहकले गुणस्तरीय सामग्री पाउने कम्पनीको विश्वास छ।

बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रवन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भने, 'हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं। सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ।'

Shivam cement

उनले बिएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुशी व्यक्त गरे। 'लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महशुस गर्दैछौं,' उनले भने।

प्रवन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुत रूपमा बढिरहेको छ। बजार बढ्दो गतिमा छ यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन्। यसका हरेक उपकरणहरू उपभोक्ता–केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनी बताउँछन्।

बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भने, 'नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ।'

उनले बोश ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए।

प्रकाशित: Oct 19, 2022| 12:28 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्