काठमाडौं– आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा सबैभन्दा कम तीन जनाको मात्र उम्मेदवारी परेको छ।
१ निर्वाचन क्षेत्र रहेको मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङ, एमालेबाट पाल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ उम्मेदवार बनेका छन्।
जिल्लामा एमालेका पाल्देन र कांग्रेसका टेकबहादुरबीच मुख्य प्रतिस्पर्धा हुनेछ। निर्वाचन आयोगले सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ हो। मनाङमा ६ हजार ७७९ मतदाता छन्।
२०७४ को चुनावमा मनाङमा एमालेका पाल्देङ गुरुङ २ हजार १६७ मतसहित विजयी हुँदा कांग्रेसका टेकप्रसाद गुरुङले १ हजार ९१९ मत पाई पराजित भएका थिए।