शनिबार, भदौ २७, २०८३

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो।

यसअघि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ रहेको थियो। आज घटेर ९३ हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

त्यस्तै, यसअघि प्रतितोला ९२ हजार ९०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार ७०० रुपैयाँ पर्नेछ। 

यता, चाँदीको मूल्य पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Oct 19, 2022| 11:41 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्