मंगलबार, वैशाख २९, २०८३

बढ्यो काठमाडौंमा चिसो

मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकासहित देशभर तापक्रम घट्न थालेको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकासहित देशभर तापक्रम घट्न थालेको छ। सोमबारबाट बिस्तारै तापक्रम घट्नेक्रम सुरु भएकाले चिसो बढ्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

National life

बिहान र बेलुकाको समयमा विशेषगरी चिसो अनुभूत हुन थालेको विभागको भनाइ छ। यद्यपि, दिउँसो भने अहिले चिसो सुरु भइनसकेको छैन।

पश्चिमी वायुको प्रभाव सुरु हुँदा चिसो बढ्न थालेको हो। मनसुन बाहिरिएसँगै पहाडी भूभागमा पश्चिमी वायुको प्रभाव देखिन थालेको छ। जसका कारण चिसो बढ्न थालेको हो। 

पश्चिमी वायुको प्रभाव पहाडी भूभागमा मात्रै सक्रिय भएकाले अहिले तराईका क्षेत्रमा भने चिसो अनुभूत हुन नसकेको मौसमविद् शविना शाक्यले बताइन्।

आज बिहान पौने ६ मा काठमाडौंको तापक्रम १२.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् शाक्यले जानकारी दिइन्। 

प्रकाशित: Oct 19, 2022| 09:50 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।