मंगलबार, वैशाख २९, २०८३

रोल्पाका ग्रामीण सडक अझै खुल्न सकेनन्

सडकको माथि र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

रोल्पा- रोल्पाका ग्रामीण भेगका सडक अझै खुल्न सकेका छैनन्। वर्षायाम् सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक खुलेका छैनन्। सडकको माथि र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ।

National life

पहिरोका कारण हिडडुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका-९का दलबहादुर खत्रीले बताए। 'वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ', खत्रीले भने। पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवातजावतमा कठिनाई भएको बताइएको छ। 

सडकमा पहिरो खसेकाले दसैं मनाउन घर जाँदा सारै सास्ती भोग्नुपरेको परिवर्तन गाउँपालिकाका लोकेन्द्र चन्दले दुखेसो पोखे। 'धेरैजसो ठाउँमा सडक अवरुद्ध छ सबै हिडेर जानुपर्ने बाध्यता छ',चन्दले भने। जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भएतापनि मापदण्ड विपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध भएका हुन्। 

सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु भएपनि सवारी चलाउन मुस्कील भएको यातायात व्यवसायीले गुनासो गरेका छन्। मापदण्ड विपरीतका सडक खन्दा वर्षायाममा बाढी पहिरो जाने गरेको स्थानीयको भनाइ रहेको छ। वर्षा सकिएर तिहारलगायत चाडबाडको समय सुरु भएपनि गाउँँगाउँँ पुग्ने सडक नखुल्दा स्थानीयले सास्ती खेप्नुपरेको छ।

रोल्पाको सदरमुकाम लिवाङदेखि सहिद मार्ग हुँदै थवाङ जाने सडक खण्ड र सनिलस्मृति गाउँपालिकाको सुलिचौर हुँदै सुनछहरी गाउँपालिका जाने सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। एक नगरपालिका र नौ गाउँँपालिका रहेको रोल्पामा ७२ वडा रहेका छन्। -रासस

प्रकाशित: Oct 19, 2022| 09:05 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।