शनिबार, जेठ ३०, २०८३

वायुसेवा निगमले तिर्‍यो ७३ करोड ऋण

निगमले जहाज खरिदबापत दुई कोषलाई असोज ३१ गते ७३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष ७३ करोड ऋण तिरेको छ। निगमले जहाज खरिदबापत दुई कोषलाई असोज ३१ गते ७३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए। 

National life

निगमका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएको थियो। न्यारोवडी जहाज खरिदका लागि लिएको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ सञ्चय कोषलाई निमगले भुक्तानी गरेको हो।

त्यसैगरी, बाइडबडी जहाज खरिद गर्दा लिएको ऋणमध्ये किस्तावापतको रु २० करोड नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमले यसअघि गत असार ३० गते दुवै कोषलाई १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरिएको जनाएको छ। पछिल्ला दिनमा नियमित उडान, अकुपेन्सी दरमा सुधार आई आम्दानीमा वृद्धि भएको निगमले नियमितरुपमा ऋण दायित्वको भुक्तानी गर्न सफल भएको सहप्रवक्ता घिमिरेले बताए। अन्तर्राष्ट्रिय उडानका चारवटै जहाज पूर्णक्षमतामा नियमित उडान भइरहेकाले निगमको आम्दानीमा सुधार आएको बताइएको छ। निगमले वाइड बडी ए–३३० र न्यारोबडी ए–३२० जहाज खरिदका दुवै चरणमा गरेर करिब रु ३७ अर्ब ऋण लिएको थियो। सावा र ब्याज बढेर भुक्तानी दायित्व झण्डै ४५ अर्ब पुगेको छ।

प्रकाशित: Oct 18, 2022| 17:15 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्