शनिबार, जेठ ३०, २०८३

बहुआयामिक गरिब नेपालीको संख्या ५१ लाख

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकांक प्रतिवेदनमा ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको देखिएको हो।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं– नेपालमा १७.५ प्रतिशत नेपाली बहुआयामिक गरिबीमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ। 

National life

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकांक (एमपीआई) प्रतिवेदनले ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको देखिएको हो। 

प्रतिवेदनले पछिल्लो दशक नेपालमा बहुआयामिक गरिबीमा सुधार आएको औंल्याएको छ। सन् २०११ मा ३९ प्रतिशत रहेको बहुआयामिक गरिबको संख्या सन् २०१६ मा २५.७ प्रतिशतमा झरेको थियो।

यूएनडीपी नेपालका नीति सल्लाहकार धर्म स्वर्णकारले स्वास्थ्य, शिक्षा र जीवनस्तर पक्षबाट गरिबीलाई हेरिएको बताए। 

प्रतिवेदनअनुसार नेपालमा स्वास्थ्यतर्फ २३.२ प्रतिशत, शिक्षातर्फ ३.९ प्रतिशत र जीवनस्तरतर्फ ४३ प्रतिशत नेपाली बहुआयमिक गरिब रहेका छन्। 

Shivam cement

६ अर्ब १० लाख जनसंख्या रहेको विश्वका १११ देशको शिक्षा, स्वास्थ्य र जीवनस्तरका विभिन्न सूचकांकलाई आधार मानेर गरिएको अध्ययनमा विश्वमा १ अर्ब २० करोड जनसंख्या बहुआयामिक गरिब रहेको देखाएको छ।    


प्रकाशित: Oct 18, 2022| 14:39 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्