मंगलबार, वैशाख २९, २०८३

सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी १ कात्तिकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन्।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

National life

काठमाडौ– सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा १ कात्तिक मंगलबार सार्वजनिक बिदा दिने भएको छ।

सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले  विज्ञप्ति जारी गरी १ कात्तिकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन्।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो। उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको पोखरेलले जानकारी दिए।

प्रकाशित: Oct 17, 2022| 16:56 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।