शनिबार, जेठ ३०, २०८३

भारतबाट डिजेलको मूल्य लिटरमै १५ रुपैयाँ बढेर आयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमले भारतबाट डिजेलको मूल्य लिटरमै १५ रुपैयाँ बढेर आएको पत्र प्राप्त भएको जनाएको छ।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमले भारतबाट डिजेलको मूल्य लिटरमै १५ रुपैयाँ बढेर आएको पत्र प्राप्त भएको जनाएको छ।

National life

आइतबार आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको हो। नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १.७४ रुपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० रुपैयाँ प्रतिलिटर र हवाई इन्धनमा १०.२५ प्रति लिटरले बढेर आएको छ। 

अब पेट्रोलमा एक रुपैयाँ ७४ पैसा प्रतिलिटर घाटा हुने निगमले जनाएको छ। पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा हुने निगमको भनाइ छ। 

यद्यपि निगम घाटामा भने छैन। अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने विज्ञप्तिमा उल्लेख छ।

त्यसैले मूल्य बढेर आए पनि अहिलेका लागि नेपालमा पुरानै खुद्रा ब्रिक्री मूल्यलाई यथावत राखिने निगमले जनाएको छ।

Shivam cement

प्रकाशित: Oct 17, 2022| 06:55 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्