शनिबार, जेठ ३०, २०८३

सुनचाँदीको मूल्यमा उच्च गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघिको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघिको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो। 

गत शुक्रबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार ९३ हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज ९२ हजार ६०० रुपैयाँ तोकिएको छ।

यता, चाँदी आज प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। यसअघि प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा आज २५ रुपैयाँले घटेको हो।

प्रकाशित: Oct 16, 2022| 12:31 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्