शुक्रबार, साउन १, २०८३

सिङ्गापुर आर्मीको क्याप्टेन भन्दै पैसा ठगी

धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन्।
 |  आइतबार, असोज ३०, २०७९

रासस

रासस

आइतबार, असोज ३०, २०७९

धादिङ- धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन्।

पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन्।

महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’ भनेर होटल सञ्चालक सेती गुरुङसँग ११ हजार नगद लिएर गायब भएको होटल सञ्चालक गुरुङले बताइन्।

शुक्रबार ती व्यक्तिले छोडेको झोला शनिबार खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ।

सुनौला बजारका एक जना साथीले आफूलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पुर्‍याइदिन जान लागेको तर आफूसँग पैसा नभएकाले सामान यही होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै ११ हजार लिएर गएको होटल सञ्चालक गुरुङले बताइन्।

सुन, डलर पैसालगायत जिन्सी सामान राख्दिनु अहिले एकछिनमा आउँछु भनेर गएका ती व्यक्ति फर्किएर नआएको उनको भनाइ छ।

प्रकाशित: Oct 16, 2022| 07:15 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।