मंगलबार, वैशाख २९, २०८३

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

पछिल्ला दिनमा काठमाडौँलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ। पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ। प्रि–बुकिङ पनि राम्रो रहेको छ। होटल क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक बाक्लिएका छन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं- दसैं सकिएर तिहार, छठलगायत पर्व नजिकिदैँ छन्। मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ। यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौंउपत्यका वरिपरी देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ। करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाडाँ र उत्तरी क्षेत्रमा देखिने हिमश्रृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ।     

National life

मौसमखुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल ९हान०का प्रथम उपाध्यक्ष विनायक शाहले बताए। उनले भने, 'यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो छ, चाडपर्वसँगै विदा मनाउने उल्लेख्य संख्यामा गन्तव्यमा निस्किएका छन्। अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ।'

पछिल्ला दिनमा काठमाडौँलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ। पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ। प्रि–बुकिङ पनि राम्रो रहेको छ। होटल क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक बाक्लिएका छन्। 

तीन दिनयता उपत्यकाको मौसम खुलेकाले धुलिखेल, नगरकोट, चन्द्रागिरी हिल्स, जरसिंहपौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यमा पर्यटकीय चहलपहल बढेको व्यवसायीले बताएका छन्। 

उपत्यकाका पवित्र तीर्थस्थल, धार्मिक तथा पुरातात्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ। पशुपति क्षेत्र, स्वयम्भु, चाँगुनारायण, दक्षिणकालीलगायत धार्मिक स्थालमा तिर्थालु भक्तजनको घुइँचो लागेको छ। त्यस्तै प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन्।

त्यसोत, यो सिजन पदयात्रा र पर्वतारोहणका लागि पनि उपयुक्त मौसम हो। यतिखेर उल्लेख्य सङ्ख्यामा पर्यटक गन्तव्यतिर निस्केका छन्। मौसमले साथ दिएकाले पर्वतारोहण र पदयात्रा सहज भएको पर्यटन विभागले जनाएको छ। विभागका महानिर्देशक होमप्रसाद लुइटेलले मौसमले साथ दिएकाले आरोहण सामान्यरुपमा चलिरहेको जानकारी दिनुभयो। मनास्लु आरोहण लगभग सकिएको छ। अन्य हिमाल तथा चुली आरोहणमा अझै आरोहीले धमाधम अनुमति लिइरहेका छन्।

विभागको विवरणमा हाल नेपालसहित ६९ देशका एक सय १० आरोही समूहका नौ सय ३१ आरोहीले आरोहण अनुमति लिएका छन्। यिमध्ये सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन्।

सफा मौसम भएकाले नीलो आकाश र हरिया डाडाँकाडाँले जोकोहीलाई आकषित गर्छ। त्यसमा पनि चाँदीका घेरा झै टल्किने हिमश्रृङ्खलाको मनमोहक दृश्यले पर्यटकीय मौसममा थप रौनकता थपिएको छ।

अहिले उपत्यकाका जुनसुकै स्थानबाट सहजै उत्तरी भेगमा विभिन्न हिमालका मनोरम दृश्यावलोकन गर्न पाइन्छ। तिहारको मौसम पनि शुरु हुन लागेकाले हरिया पहाड उपत्यकाका विभिन्न स्थानमा फुलेका फुलको मनमोहक दृश्य पनि कम आकर्षक छैन।

मौसमले साथ दिएकाले अहिले पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताए। 'पर्यटकीय चहलपहल राम्रै बढेको छ, बीचमा मौसमले केही समस्या आएपनि पछिल्ला दिनमा मौसम सफा रहेसँगै पर्यटकलाई आवागमन र दृश्वावलोकनलाई सहज तुल्याएको छ। यो मौसमले पर्यटन क्षेत्रमा पनि सकारात्मक बहार ल्याउछ', मकालु एडभेन्चर प्रालिका प्रवन्ध निर्देशकसमेत रहनुभएका लम्सालले भने।

मौसम खुलेसँगै हवाई उडान विशेषगरी पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा पनि आकर्षण बढेको छ। पर्वतीय उडानका लागि यो उपयुक्त मौसम पनि हो। मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालयित तुल्याउँछ। अक्टोबर र नोभेम्बर पर्वतीय उडानका लागि राम्रो मानिन्छ। 'मौसम राम्रोसँग खुलेकाले दुईदिन यता पर्वतीय उडान ह्वात्तै बढेको छ', यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नभुयो, ' अव यो क्रम बढ्ने विश्वासमा छौ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ', उनले भने।

मौसमले साथ दिएकाले पर्वतीय उडान उत्साहवद्र्धकरुपमा चलिरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। 'मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ। यो सिजनमा धेरै विदेशी घुम्न आउने र हिमश्रृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ।'

 विस्तारै नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

प्रकाशित: Oct 15, 2022| 15:35 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।