मंगलबार, साउन १२, २०८३

तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता

बुटवलस्थित तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

बुटवल- बुटवलस्थित तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन्।

बुटवल-११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याललाई नदीले बगाएको प्रहरीले जनाएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ सिरानगाउँबाट तिनाउ नदी तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा उनलाई नदीले बगाएको हो।

नदीले बगाउँदा बेपत्ता भएका उनको खोजी भइरहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडासदस्य युवराज रानाले बताए।

उनका अनुसार अर्याल लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथ व्यवसाय सञ्चालन गर्थे।

प्रकाशित: Oct 15, 2022| 13:37 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।