शुक्रबार, असार ५, २०८३

आयोगको अनुमतिबिना चुनाव प्रचारमा हिँड्ने मन्त्रीलाई रोक लगाउन निर्देशन

आचारसंहिता अनुगमन समिति बैठकमा आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं– निर्वाचन आयोगले आफ्नो अनुमतिबिनै चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ।

National life

आचारसंहिता अनुगमन समिति बैठकमा आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो।

छलफलमा सुरक्षा निकायका अधिकारीले उच्चपदस्थ सरकारी अधिकारीलाई कार्यक्रममा सहभागी हुन बन्देज लगाउन कठिन हुने धारणा राखेका थिए। तर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्ने भन्दै आचारसंहिता उल्लंघन हुने गतिविधि भए मौन नबस्न निर्देशन दिएका हुन्।

‘मन्त्री, मुख्यमन्त्री वा स्थानीय तहका जनप्रतिनिधि जो कोही आउनुभयो भने पनि निर्वाचन आयोगको अनुमतिपत्र छ भनी सोध्नुहोला भनी निर्देशन दिएका हौं’, प्रमुख आयुक्त थपलियाले भने, ‘आयोगको अनुमति छैन भने उहाँहरूलाई ससम्मान सलाम ठोक्नुहोस्, अनि नियन्त्रणमा लिएर आयोगलाई खबर गर्नुहोस्। बाँकी प्रक्रिया हामी अघि बढाउँछौं भनेका छौं।’ यसबारे गृहसचिवलाई समेत बोलाएर सबै सुरक्षा निकायलाई सर्कुलर गर्नू भनी निर्देशन दिइएको उनले बताए।

संघीय सरकार र प्रदेश सरकारका मन्त्रिपरिषद् सदस्यले आफू उम्मेदवार भएबाहेक अन्यत्र निर्वाचन प्रचार–प्रसारमा भाग लिन पाउँदैनन्। दलको प्रचारकको हैसियतले भाग लिनुपर्ने भए उनीहरूले निर्वाचन आयोगबाट अनुमति लिनुपर्छ। उनीहरूले सरकारी स्रोत साधन उपयोग गर्न पाउँदैनन्।

Shivam cement

प्रकाशित: Oct 15, 2022| 11:50 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...