शुक्रबार, असार ५, २०८३

आयोगमा स्थापना गरिए कल सेन्टर र ई–बुलेटिन सेवा

आयोगले निर्वाचनसम्बन्धी सूचना सम्प्रेषण गर्न कल सेन्टर र ई–बुलेटिन सेवा सुरु गरेको हो।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९
National life
Shivam cement

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कल सेन्टर र निर्वाचन ई– बुलेटिन सेवा सुरु गरेको छ। निर्वाचनसम्बन्धी गुनासा सुन्न तथा सल्लाह  सुझावका लागि कल सेन्टर स्थापना गरिएको आयोगले बताएको छ। 

शुक्रबार कल सेन्टर र ई–बुलेटिनको औपचारिक उद्घाटन गर्दै प्रमुख आयुक्त  दिनेश थपलियाले यो सेवाबाट लाभ लिन सुझाए । कल सेन्टरका कर्मचारीलाई यहाँ आएका गुनासा तथा सुझावका विषयमा संयमित हुन उनको आग्रह छ।

निर्वाचनका लागि आन्तरिक र बाह्य व्यवस्थापन गर्दै मर्यादित भएर निर्वाचन गर्न केन्द्रित भएको उनले जानकारी दिए। ‘आयोगले निर्वाचनसम्बन्धी विभिन्न निर्णय गरिरहेको हुन्छ। निर्वाचनसम्बन्धी सूचना प्रवाहको सबैभन्दा विश्वासिलो माध्यम निर्वाचन ई–बुलेटिन हो’, थपलियाले भने।

प्रकाशित: Oct 14, 2022| 16:23 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...