सोमबार, साउन ११, २०८३

बाँकेमा तटीय बस्तीका तीन सय परिवार डुबानमा

बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका तीन सयभन्दा बढी परिवार डुबानमा परेका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

बाँके- अविरल वर्षाका कारण बाँकेलगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ। बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका तीन सयभन्दा बढी परिवार डुबानमा परेका छन्। 

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चौफेरी गाउँका कम्तीमा ८० घरपरिवारका अढाइ सय बासिन्दालाई नजिकैको एउटा आश्रयस्थलमा राखेको जानकारी दिए। राप्ती नदी र डुडुवा नालाको बीचमा पर्ने चौफेरी गाउँ नदी र नालामा आएको बाढीले घेरिएको हो। डुबान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ। कच्ची घर भत्कन थालेका छन्। विस्थापितहरू गाँसबासको समस्यामा छन्।

राप्तीनदीको पानी पसेर बाँकेका डुडुवा गाउँपालिका–१ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा, कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन्। सो क्षेत्रमा डुबान तथा बाढी प्रभावित भएका करिब तीन सय जनालाई त्यहाँ रहेको नेपाल राष्ट्रिय प्रावि कृषि चौफेरी, सामुदायिक आश्रय भवनमा स्थानन्तरण गरिएको हो।

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्नका लागि बाँकेका प्रजिअ खत्रीको नेतृत्वमा गएको टोली बाढीका कारण प्रभावित स्थान पुग्न नसकी खडैचाबाटै फर्केको छ। ‘डुडुवा बढी प्रभावित छ, नगरमै डुबानको समस्या भइरहेको छ’, उनले भने, ‘घरघरमा पानी पसे पनि मानवीय तथा चौपाया क्षति भने भएको छैन’, नगरकै वडा नं १८ र २० मा भने डुबान भएको उहाँले बताउनुभयो। डुबानबाट प्रभावित ८६ जनालाई स्थानीय आदर्श माविमा राखिएको छ।

बाढीले गाउँ नै डुबानमा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ। रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीको उद्धार गरी आश्रयस्थलमा राखेको हो। गाउँका दर्जनौँ घरमा पूर्णरूपमा क्षति भएको छ।

प्रकाशित: Oct 14, 2022| 10:32 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।