मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • गोली आक्रमणमा परी अमेरिकाको नर्थ क्यारोलिनामा पाँच जनाको मृत्यु

गोली आक्रमणमा परी अमेरिकाको नर्थ क्यारोलिनामा पाँच जनाको मृत्यु

अमेरिकाको नर्थ क्यारोलिनामा बिहीबार भएको गोली आक्रमणमा पाँच जनाको ज्यान गएको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- अमेरिकाको नर्थ क्यारोलिनामा बिहीबार भएको गोली आक्रमणमा पाँच जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा एक प्रहरी अधिकारी रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। बिहीबार स्थानीय समयअनुसार साँझ करिब पाँच बजे गोलिबारी भएको थियो।

नर्थ क्यारोलिनाकी मेयर मेरी एन बाल्डविनले गोली आक्रमणमा अन्य दुई जना घाइते भएको जनाएकी छन्।

उनले यस विषयमा विस्तृत जानकारी भने दिएकी छैनन्। उनले यस किसिमका हिंसा रोक्नुपर्ने चुनौती अमेरिकासँग रहेको बताएकी छिन्। आक्रमणमा संलग्न रहेको आरोपमा एक गोरा किशोरलाई हिरासतमा लिइएको छ।

प्रकाशित: Oct 14, 2022| 09:34 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।