धनगढी- धनगढीमा मोटरसाकइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।
सोही ठाउँ बस्ने ३१ वर्षीय दुर्गा ओझाले चलाएको से६प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टेको र उनको टाउको, अनुहारमा चोट लागी घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल ल्याइएको र चिकित्सकले उनलााई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
उनको शव मायामेट्रो अस्पतालमै रहेको र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।