मंगलबार, वैशाख २९, २०८३

मोटरसाइकलको ठक्करबाट पाल्पामा वृद्धाको मृत्यु

रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

पाल्पा- रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो।  

National life

उपचारका लागि तानसेन लैजाँदै गर्दा दमिनीको रम्भा गाउँपालिका–१ हुँगीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। 

कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई  ठक्कर दिएको हो। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन सिफारिस गरिएको थियो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Oct 14, 2022| 08:05 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।