मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पुटिनले युक्रेनमाथि आणविक हतियार प्रहार गरे रूसी सेनाले व्यापक क्षति व्यहोर्नुपर्ने ईयूको चेतावनी

पुटिनले युक्रेनमाथि आणविक हतियार प्रहार गरे रूसी सेनाले व्यापक क्षति व्यहोर्नुपर्ने ईयूको चेतावनी

युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट आफ्ना सेना ‘सखाप’ हुने चेतावनी दिएका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

ब्रसेल्स- युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट आफ्ना सेना ‘सखाप’ हुने चेतावनी दिएका छन्।

बोरेलले ब्रसेल्समा एक कूटनीतिक अकादमीको उद्घाटनमा भने, 'पुटिनले आफूले धोका नदिएको बताइरहेका छन्। उनले नडराएको अभिनयलाई सधैँ कायम राख्न सक्दैनन्, र यो स्पष्ट हुनुपर्दछ कि युक्रेन र युरोपेली संघ र सदस्य राष्ट्रहरू, र संयुक्त राज्य अमेरिका र उत्तर एटलासन्टक सन्धि संगठन (नेटो)लाई समर्थन गर्ने मानिसहरूले पनि धोखा दिइरहेका छैनन्।'

'युक्रेनविरुद्ध हुने कुनै पनि आणविक आक्रमणले जवाफ दिनेछ, आणविक जवाफ होइन, तर सैन्य पक्षबाट यस्तो शक्तिशाली जवाफ सिर्जना गर्नेछ कि रुसी सेनालाई सखाप पारिनेछ।'

पुटिनले युद्धभूमिमा हार बेहोरेपछि कब्जा गरिएका चार वटा क्षेत्र पुनः कब्जा गर्ने युक्रेनी चेतावनीपछि मस्कोले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने रणनीति अख्तियार गर्ने आशङ्का बढेको छ। 

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आणविक आक्रमण गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। 

kumari

नेटोका एक वरिष्ठ अधिकारीले बुधबार भन्नुभयो, “लगभग निश्चित रूपमा धेरै सहयोगीहरूबाट भौतिक प्रतिक्रिया प्राप्त हुनेछ, र सम्भवतः नेटोबाट नै यसको तीव्र प्रतिक्रिया आउनेछ। 

तर गठबन्धनले आफ्नो आणविक शस्त्रागारको प्रयोग गरेर प्रतिक्रिया दिने धम्की दिएको छैन किनभने गैर–सदस्य युक्रेन यसको आत्मरक्षाका लागि बनाइएको कानुनी धारामा समावेश छैन।

मस्कोसँगको विनाशकारी आणविक द्वन्द्व चर्काउने डरले युक्रेन द्वन्द्वमा अमेरिका र नेटोले सैन्य हस्तक्षेप नगर्ने अडान लिएका छन्। 

प्रकाशित: Oct 14, 2022| 00:20 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।