मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धादिङमा अब वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

धादिङमा अब वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

धादिङ- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ।

National life

गल्छी गाउँपालिकाका वडाबाट अभियान सुरु गर्न लागिएको हो। पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ।

आज गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा यस्तो जानकारी दिइएको हो। शुक्रबारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका एक सय चार वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने तयारी थालिएको रहेको निर्देशक कृष्णप्रसाद पौडेलले बताए।

विभागले अहिलेसम्म ३९ जिल्लामा अभियान पूरा गरेको। तेह्र जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको छ। छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको निर्देशक पौडेलको भनाइ छ।

अभियान सञ्चालनपछि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाइन बस्नुपर्ने समस्या समाधान हुनेछ। नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्रलगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृतरूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो।

हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए। स्थानीय जनप्रतिनिधिले पनि अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन्।

सरकारले पहिलो चरणमा राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ। तर आकस्मिकरूपमा परिचयपत्र चाहिनेका लागि सरकारले काठमाडौँमा पनि व्यवस्था गरेको छ। राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण संकलन गर्नेछ।

प्रकाशित: Oct 13, 2022| 23:15 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।