मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना ठहर भएका शर्मा र भण्डारी पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना ठहर भएका शर्मा र भण्डारी पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

National life

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौँ महानगरपालिका वडा नं १२ बस्ने ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका वडा नं १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ।

यसैगरी बैंकिङ कसुर मुद्दामा रु दुई लाख आठ हजार जरिवाना र एक दिन कैद सजाया भएका कास्कीका मादी गाउँपालिका– ७ घर भई काठमाडौँको थानकोट बस्दै आएका ५८ वर्षीय नारायण भण्डारीलाई समेत बिहीबार नै पक्राउ गरेको छ।

उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलापछि फरार भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बिहीबार बालाजु चोकबाट पक्राउ गरेको हो। पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 13, 2022| 21:25 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।