सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमाले ल्यायो ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक’ अफर

सानिमाले ल्यायो ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक’ अफर

सानिमा बैंकले ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक अफर ल्याएको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- सानिमा बैंकले ‘सानिमा मोबाइल बैंकिङ क्यासब्याक अफर ल्याएको छ। बैंकले नेपालीहरुको महान चाड दसैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम १ सयसम्मको छुट प्रादन गर्ने भएको छ।

यो योजना असोज १६ गतेदेखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोन पे मर्चेन्टहरुमा मात्र लागू हुने नायब प्रमुख निक्षेप अधिकृहेमराज संज्यालले जाकारी दिए। यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीनरूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन्।


प्रकाशित: Oct 13, 2022| 15:07 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्