शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कैलाली–१ मा रामजनम र रञ्जिता को कति सुरक्षित?

रेशम पत्नी रञ्जिता श्रेष्ठ चुनावी मैदानमा होमिएकी छन्। श्रेष्ठकै नेतृत्वमा स्थानीय तह निर्वाचनभन्दा केही समय पहिले नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। उनी सोही पार्टीबाट कैलाली १ मा उम्मेदवार बनेकी हुन्।
 |  बिहीबार, असोज २७, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बिहीबार, असोज २७, २०७९

काठमाडौं– कैलाली निर्वाचन क्षेत्र नम्बर १ को चुनाव निकै रोचक हुने देखिएको छ। ठूला राजनीतिक दलहरूका लागि कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी प्रमुख चुनौतिको रुपमा देखिएसँगै त्यहाँको निर्वाचन रोचक हुने आकलन गरिएको हो।

triton college

२०७४ को आमनिर्वाचनमा कैलाली १ बाट रेशमलाल चौधरी विजयी बनेका थिए। चौधरीले अन्य ११ जना उम्मेदवारको भन्दा आठ हजार बढी मत ल्याएका थिए। चौधरी एक्लैले ३४ हजार ३४१ मत ल्याउदा अन्य सबै दलको मतभार २६ हजार ३ सय ५० रहेको थियो। उनकी निकटतम प्रतिस्पर्धि एमालेकी मदनकुमारी शाह गरिमाले १३ हजार ४०६ मत ल्याउँदा कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत मात्रै ल्याएकी थिइन्।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा रेशम पत्नी रञ्जिता श्रेष्ठ चुनावी मैदानमा होमिएकी छन्। श्रेष्ठकै नेतृत्वमा स्थानीय तह निर्वाचनभन्दा केही समय पहिले नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। उनी सोही पार्टीबाट कैलाली १ मा उम्मेदवार बनेकी हुन्।

गत निर्वाचनमा राष्ट्रिय जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रेशम टिकापुर घटनाको मुख्य योजनाकार भएको अभियोग रहेको छ। उनी हाल डिल्लीबजार कारागारमा रहेका छन्। यस पटक रेशमले बर्दिया २ बाट उम्मेदवारी दर्ता गराएकोमा उनीविरुद्ध उजुरी परेको थियो। निर्वाचन अधिकृतको कार्यालयले रेशमविरुद्ध उजुरी परेसँगै उनको उम्मेदवारी खारेज गरिदिएको छ।

Metro Mart
vianet
रेशम चौधरी।
उक्त क्षेत्रबाट रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवार बनेका छन्। आफूविरुद्ध उजुरी परेर उम्मेदवारी सदर नहुने थाहा पाएका रेशमले कैलाली १ मा पत्नी र बर्दिया २ मा बुवालाई उठाएका छन्। कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीलाई पराजित गर्ने बलियो आधारको खोजिमा सत्ता गठबन्धन रहेको थियो। 

गठबन्धनले आफ्नो बलियो उम्मेदवारको रुपमा कांग्रेस नेता रामजनम चौधरीलाई अघि सारेको छ। चौधरी पूर्वमन्त्रीसमेत हुन्। कांग्रेस केन्द्रीय सदस्य चौधरी २०४८ सालको निर्वाचनमा कैलाली २ बाट २८ वर्षको उमेरमा निर्वाचित भएका थिए। तत्कालिन समयमा कैलालीमा तीन वटामात्रै निर्वाचन क्षेत्र रहेको थियो।

त्यसपछि चौधरी २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिक तर्फबाट सांसद बनेका थिए। उनी २०५४ सालमा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्य मन्त्री, २०५८ मा भूमिसुधार राज्य मन्त्री र २०७२ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए।

विजयकुमार गच्छदारसँगै पार्टी परित्याग गरेर लोकतान्त्रिक फोरममा गएका चौधरी गच्छदारसँगै पुनः कांग्रेस प्रवेश गरेका थिए। चौधरीको थारु समुदायमा राम्रो प्रभाव रहेको छ। उनलाई गठबन्धनले समेत साथ दिएकाले नागरिक उन्मुक्ति पार्टीसामु बलियो उम्मेदवारको रुपमा हेरिएको छ।

 रेशम पत्नी रञ्जिता श्रेष्ठ चुनावी मैदानमा होमिएकी छन्। श्रेष्ठकै नेतृत्वमा स्थानीय तह निर्वाचनभन्दा केही समय पहिले नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। उनी सोही पार्टीबाट कैलाली १ मा उम्मेदवार बनेकी हुन्।

चौधरी पनि आफ्नो जित निश्चितजस्तै रहेको दाबी गर्छन्। ‘कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ग्राफ डाउन भएको छ। भदौ ७ गते हामीले कार्यक्रम गर्दा सात हजार मानिस सहभागी हुँदा उनीहरूको कार्यक्रममा दुई जना मात्रै सहभागी थिए। गत निर्वाचनमा रेशमले पाएको मत र अहिले स्थानीय तहको मतलाई आधार मान्दा नागरिक उन्मुक्तिले १७ हजार मत कम पाएको तथ्यांक निर्वाचन आयोगले नै दिइसकेको छ,’ चौधरीले भने।

उनले स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीलाई पनि सुधार गरिएको दाबी गरेका छन्। अहिलेको अवस्थामा गठबन्धन कैलाली १ मा १० हजार मतले अघि रहेको आफूहरूले आकलन गरेको उनी दाबी गर्छन्। ‘पाँच वर्षमा टिकापुरको विकास हुन सकेन। टिकापुर घटनाका अभियुक्तहरूलाई छुटाउने झुटो आश्वासन दिएका रेशमजी नै आफैं जेल जानुभयो। थारुका मुद्दा ओझेलमा परे,’ उनले भने, ‘अहिले स्थानीय तहमा पनि नागरिक उन्मुक्ति पार्टीले जनतामा त्यही भ्रम छरेको छ। अदालतमा गएको विषयलाई कानुनी रुपमै किनारा लगाउनुपर्ने हुन्छ। संविधान संशोधन गर्नुपर्ने हुन्छ। हामी जितेपछि ठूलो दलका रुपमा टिकापुर घटनाका पीडितलाई न्याय दिने छौं।’ 

उनले अदालतमा पुगेको विषयलाई राजनीतिक रुपमा भन्दा पनि कानुनी रुपमा किनारा लगाउनुपर्ने बताए। त्यसका लागि संविधानको धारा संशोधन गर्न आवश्यक रहेको चौधरीको भनाइ छ। टिकापुरमा संविधान निर्माणका क्रममा आफ्ना अधिकार संविधानमा लेखाउनका लागि भएको आन्दोलनलाई जातिय रुप दिएको भन्दै चौधरीले असन्तुष्टि व्यक्त गरे।

रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि बर्दिया-२ मा उम्मेदवार बनेका उनका बुबा लालवीर चौधरी।
‘त्यो राज्यसँगको लडाइँ थियो, व्यक्ति र जातसँग होइन। कुनै समुदायसँग अधिकार मागिएको थिएन। यहाँ गलत बुझाइ भयो र थारु पहाडीका बीचमा झगडा गराएर दूरी बढाइयो। मेरो नेतृत्वमा अहिले त्यो समाधान भएको छ। पहिले यहाँ पहाडी गाउँमा थारु जन डराउने र थारु गाउँमा पहाडी जान डराउने गरेकोमा अहिले उक्त अवस्थाको अन्त्य भएर समाजलाई पुरानै अवस्थामा फर्काएका छौं,’ उनले भने। समाजलाई पहिलेकै अवस्थामा ल्याउन भूमिका खेल्नुका साथै विकासका लागि आफ्नो जित आवश्यक रहेको कुरा टिकापुरवासीले महशुस गरेको चौधरीले बताए। जातिय नारा दिने पार्टीलाई मत दिँदा पुनः समाज विखण्डनमा जाने जोखिम रहेकाले पनि जनताले सुझबुझ ढंगबाट आफूलाई मत दिनेमा विश्वस्त रहेको उनले बताएका छन्।

सो क्षेत्रमा नेकपा एमालेले पहाडी सुदायका तपेन्द्र रावललाई अघि सारेको छ। उनी थारुको मत विभाजन भएर आफू जित्ने दाउमा छन्। उनी टिकापुर नगरपालिकाका निवर्तमान मेयरसमेत हुन्। आफू मेयर हुँदा गरेका कामको मूल्यांकन गर्दै जनताले मत दिनेमा विश्वस्त रहेको रावल बताउँछन्। कैलाली १ मा झण्डै ५५ प्रतिशत थारु समुदायको मत छ। त्यो मतलाई आधार मान्दै नागरिक उन्मुक्ति पार्टीले आफूलाई बलियो रुपमा लिएको छ। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ आफूहरू बलियो तयारीका साथ चुनावी मैदानमा रहेको बताउँछिन्। ‘हामीसँग विकासको एजेन्डा छ। टिकापुरमा २०७२ भदौ ७ गते अधिकार प्राप्तिका लागि भएको घटनालाई राजनीतिक घटना बनाइएको छ। आपराधिक घटनाको नाम दिइएको छ। निर्दोष व्यक्ति जेलमा छन्। उनीहरूको रिहाइको मुद्दा छ। विकासका कुरा छन्। हामी थुप्रै योजनाका साथमा चुनावी मैदानमा छौं,’ उनले भनिन्। आफू महिला अध्यक्ष भएकाले महिलाको हकहितका लागि थुप्रै योजना रहेको उनले बताइन्।

आफूहरू सधैं जातिय एकताको पक्षमा रहेको श्रेष्ठको भनाइ छ। अहिले कुनै पनि व्यक्तिले थारु–पहाडीको मत भनेर विखण्डनका कुरा गर्न नहुने उनले तर्क गरिन्। ‘म त थारुको बुहारी, पहाडीको छोरी हुँ। त्यसरी जातिय रुपमा मत पाइने भए त मैले सबैभन्दा बढी मत ल्याउँला नि। दुवै पक्षको मत मलाई नै आउला। तर, त्यस्तो होइन। जनताले राजनीतिक एजेन्डा, सिद्धान्त र न्यायलाई हेरेर मतदान गर्ने छन्। सदियौंदेखि राज्यबाट उत्पीडनमा रहेका जनताको उत्थानका लागि नागरिक उन्मुक्ति पार्टीप्रति जनताको आकर्षण बढ्दो छ,’ उनले भनिन्। श्रेष्ठले टिकापुरमा आफूहरूले सबै जनतालाई साथमै राखेर अघि बढ्न चाहेको बताइन्।

प्रकाशित: Oct 13, 2022| 07:26 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...