मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रानीपोखरीमा छठ घाटको व्यवस्थापन गरिदिन काठमाडौं महानगरलाई मधेशी आयोगको पत्र

रानीपोखरीमा छठ घाटको व्यवस्थापन गरिदिन काठमाडौं महानगरलाई मधेशी आयोगको पत्र

हिन्दुहरुको महान आस्थाको पर्व छठ मनाउनको लागि काठमाडौंको रानीपोखरीमा घाटलगायत अन्य कुराहरुको व्यवस्थापन गरिदिन मधेशी आयोगले काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं- हिन्दुहरुको महान आस्थाको पर्व छठ मनाउनको लागि काठमाडौंको रानीपोखरीमा घाटलगायत अन्य कुराहरुको व्यवस्थापन गरिदिन मधेशी आयोगले काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ।

आयोगकी उपसचिव सबिता डंगोलले हस्ताक्षर गरेको पत्रमा रानीपोखरीको पुननिर्माण सकिएको र सञ्‍चालन अवस्थामा रहेकोले गर्दा विगतझैँ यस वर्ष छठ मनाउन घाटको निर्माण गरी व्रतालुहरुलाई छठ पर्व मनाउन सहयोग गरिदिन आग्रह गरिएको छ। 

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको स्वकीय सचिव दिपेन्द्र कर्णका अनुसार आयोगमा विभिन्‍न संघ-संस्थाहरुले लिखित तथा मौखिक रुपमा छठ पर्वको लागि रानीपोखरीमा घाट निर्माणको लागि समन्वय गरिदिन निवेदन दिएपछि आयोगका अध्यक्ष डा.दत्तको निर्देशनमा आयोगले काठमाडौं महानगरलाई पत्राचार गरेको हो। 


प्रकाशित: Oct 11, 2022| 19:40 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।