बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलायतमा सम्पन्‍न ‘क्याम्ब्रियन गस्ती अभ्यास’ मा नेपाली सेनालाई रजत

बेलायतमा सम्पन्‍न ‘क्याम्ब्रियन गस्ती अभ्यास’ मा नेपाली सेनालाई रजत

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २२ देखि २४ गतेसम्म सञ्‍चालन भएको ‘क्याम्ब्रियन गस्ती अभ्यास-२०२२’मा नेपाली सेनाले रजत पदक प्राप्त गरेको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं-  संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २२ देखि २४ गतेसम्म सञ्‍चालन भएको ‘क्याम्ब्रियन गस्ती अभ्यास-२०२२’मा नेपाली सेनाले रजत पदक प्राप्त गरेको छ। 

National life

उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट सेनानी बलबहादुर आलेको नेतृत्वमा १० जनाको सैनिक टोली असोज ४ गते बेलायत प्रस्थान गरेको थियो।

युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्यांकन गरिन्छ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूको दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरण एवम् बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ।


उक्त अभ्यासमा बेलायती फौजका ८४ र नेपालसमेत अन्य २४ देशका गरी कुल १११ सैन्य टोलीहरूको सहभागिता रहेको थियो।

मित्रराष्ट्र बेलायतमा सञ्चालन हुने सैनिक प्रतियोगिता क्याम्ब्रियन गस्तीमा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरू सम्मिलित टिम सहभागी हुने गर्दछ।

सन् १९६० बाट वार्षिक रूपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको क्याम्ब्रियन गस्ती अभ्यास प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ।


प्रकाशित: Oct 11, 2022| 18:32 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।