शुक्रबार, असार ५, २०८३

प्रत्यक्षमा ५७ राजनीतिक दलको उम्मेदवारी दर्ता

प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ २ हजार २९१ पुरुष र २३५ महिला गरी २ हजार ५२६ को उम्मेदवारी परेको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको बताएको छ। ती दलले १ हजार ४३३ पुरुष र १५० महिला उम्मेदवार उठाएका छन्। 

National life

आयोगको सार्वजनिक तथ्यांकअनुसार ८५८ पुरुष र ८५ महिला गरी ९४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ २ हजार २९१ पुरुष र २३५ महिला गरी २ हजार ५२६ को उम्मेदवारी परेको छ। 

प्रत्यक्षतर्फ प्रदेश १ मा ५४८ जनाले उम्मेदवारी दिएका छन्। ४९३ पुरुष र ५५ महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ। प्रदेश १ मा ३० दल र स्वतन्त्रले उम्मेदवारी दिएका छन्। 

मधेस प्रदेशमा प्रत्यक्षतर्फ १ हजार ५५ जनाको उम्मेदवारी परेको छ। ९७८ पुरुष, ७६ महिला र अन्यमा एक जनाले उम्मेदवारी दिएका छन्। मधेस प्रदेशमा ३७ दल र स्वतन्त्रले उम्मेदवारी दिएका छन्। 

बागमती प्रदेशमा ३२ दल र स्वतन्त्रले गरी प्रत्यक्षतर्फ ७०१ जनाको उम्मेदवारी परेको छ। यीमध्ये पुरुष ६१९ र महिला ८२ छन्।

Shivam cement

गण्डकी प्रदेशमा २३ दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ २७१ जनाको उम्मेदवारी परेको छ। यीमध्ये पुरुष २३७ र महिला ३४ जना छन्। 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २५ राजनीतिक दल र स्वतन्त्र गरी ५३२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा ५०० पुरुष र ३२ महिला छन्।

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ राजनीतिक दल र स्वतन्त्र गरी १४३ जनाको उम्मेदवारी परेको छ। यीमध्ये १३९ पुरुष र ४ महिलाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ २० राजनीतिक दल र स्वतन्त्र गरी २२६ जनाको उम्मेदवारी परेको छ। यीमध्ये २१२ पुरुष र १४ महिलाको उम्मेदवारी परेको हो। यो तथ्याङ्क सोमबार साँझसम्म आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा सार्वजनिक गरिएको आयोगले बताएको छ।–रासस

प्रकाशित: Oct 11, 2022| 16:02 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...