शनिबार, फागुन ३०, २०८२

बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को वार्षिक परीक्षा कार्यतालिका

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता र नतिजा साउन मसान्तभित्रै प्रकाशित भइसक्ने।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९/८० को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। बोर्डले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता र नतिजा साउन मसान्तभित्रै प्रकाशित हुने कार्यतालिका सार्वजनिक गरेको हो।

National life

बोर्डका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख दोस्रो सातादेखि र कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा २०८० वैशाख तेस्रो सातादेखि सञ्चालन हुनेछ।

यस्तै, कक्षा ११ को वार्षिक परीक्षा २०८० वैशाख अन्तिम सातादेखि सञ्चालन हुनेछ। कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुनेछ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८० साउन मसान्तभित्र प्रकाशन हुने र कक्षा ११ को (आंशिक/ग्रेड वृद्धि)को भदौ मसान्तभित्र नतिजा प्रकाशन गरिनेछ। कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन हुने बोर्डले बताएको छ।

कार्यतालिकाअनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि २०७९ कात्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गरिनेछ। कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन आवेदन फाराम १५ पुस २०७९भित्र भरिसक्नुपर्ने, विलम्ब शुल्कसहित पुस मसान्तसम्म र विद्यालयले १५ माघभित्र सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ। 

Laxmi sunrise bank
kumari

बोर्डका अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीको १ पुस २०७९ बाट सम्बन्धित विद्यालयलाई परीक्षा आवेदन फाराम वितरण गर्ने, १६ पुस २०७९ देखि १५ माघभित्र सम्बन्धित विद्यालय/क्याम्पसले कक्षा ११ का आंशिक/ग्रेड वृद्धि र कक्षा १२ को नियमित तथा आंशिक/ग्रेड वृद्धि परीक्षार्थीको परीक्षा आवेदन फाराम भर्नुपर्ने, १६ माघदेखि माघ मसान्तसम्म सम्बन्धित विद्यालय/क्याम्पसले विलम्ब शुल्कसहितको परीक्षा आवेदन भराउनुपर्नेछ। विद्यालय/क्याम्पसले १५ फागुनसम्म बोर्डका सम्बन्धित कार्यालयमा परीक्षा आवेदन फाराम बुझाउनुपर्नेछ।

प्रकाशित: Oct 11, 2022| 15:43 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्