शुक्रबार, असार ५, २०८३

निर्वाचन आयोगले उठायो साढे ३ करोड जरिमाना

जरिमाना नबुझाएसम्म आयोगले आफ्नो प्रणालीमा नाम इन्ट्री गर्न नदिने भएपछि स्थानीयत तहमा उम्मेदवारी दिएकाले धमाधम तिर्दै जरिमाना।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएका उम्मेदवारबाट करिब साढे ३ करोड रुपैयाँ जरिमाना संकलन गरेको छ।

National life

जरिमाना नबुझाएसम्म नाम नकारात्मक सूचीबाट नहटाउने र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न नदिने भएपछि उनीहरुले धमाधम जरिमाना तिरेका हुन्।

स्थानीय तहमा उम्मेदवार भएका कतिपय व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभामा समेत उम्मेदवार बन्न खोजेका थिए। जरिमाना नबुझाएसम्म आयोगले आफ्नो प्रणालीमा नाम इन्ट्री गर्न नदिने भएपछि उनीहरुले जरिमाना बुझाएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए।

आयोगका अनुसार आइतबारसम्म ९६ जनाले ३ करोड ५५ लाख रुपैयाँ जरिमाना बुझाएर आफू उम्मेदवार बन्ने बाटो खोलेका छन्। तीमध्ये ७६ जनाले आयोगमै पुगेर जरिमाना बुझाएका थिए। आयोगले कान्तिपथ र अन्य निर्वाचन कार्यालयबाट जरिमाना बुझाउन सकिने व्यवस्था गरेको थियो।

प्रकाशित: Oct 11, 2022| 11:07 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...