बिहीबार, वैशाख ३१, २०८३

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं- नेपालको मनसुनमा हाल भारतको हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

National life

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। वर्षाको सम्भावना रहेका क्षेत्रमा कृषि, पर्यटन र पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


प्रकाशित: Oct 11, 2022| 07:01 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।