बिहीबार, वैशाख ३१, २०८३

हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

झापा- झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

National life

गत असोज १८ गते साबिक ताप्लेजुङ सिदिम्वा गाविस–४ सुरुमखिम घर भई हाल अर्जुनधारा–११ स्थित नयाँ बसपार्क एरियामा बस्दै आएका गुरुङको लोहोरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिलासहित तीनजनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फिदिम–१२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ–७ घर भई सोही होटल बस्ने आचार्यकी  श्रीमती २३ वर्षीया बिमला राई रहेका छन्।

घटनामा संलग्न थप जना फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। विजयादशमीको फूलपातीका दिन उनीहरुले होटलमा तास खेलेको र पैसा हारजीतको विषयलाई लिएर विवाद भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

तास खेल्ने क्रममा विवाद हुँदा गुरुङलाई टाउको पछाडिको भाग र नाकमा अचार पिस्न प्रयोग गरिने ढुङ्गाको लोहोराले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए। गुरुङको शव असोज १८ गते बिहान बसपार्कको ड्राइभिङ सेन्टर पूर्व प्लटिङमा फेला परेको थियो। 

प्रकाशित: Oct 11, 2022| 06:49 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।