मंगलबार, वैशाख २९, २०८३

धेरै कागती पानी शरीरका लागि किन हानिकारक?

हामी पौष्टिक तत्वले भरिपूर्ण आहार खाने गर्छौं जुन स्वस्थ छ भिटामिन, मिनरल्स, आइरन जस्ता अन्य धेरै गुणहरू समावेश गर्दछ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं- आफुलाई स्वस्थ राख्नको लागि हामी धेरै कुराहरूको सेवन गर्छौं। हामी पौष्टिक तत्वले भरिपूर्ण आहार खाने गर्छौं जुन स्वस्थ छ भिटामिन, मिनरल्स, आइरन जस्ता अन्य धेरै गुणहरू समावेश गर्दछ।

National life

योसँगै मानिसहरूले कागती पानीको सेवन पनि धेरै गर्ने गर्छन्। कोरोनाको समयमा भिटामिन 'सी' भएका कारण मानिसहरूले कागती धेरै मात्रामा सेवन गरिरहेका छन्।

कागतीमा भिटामिन सी पाइने भएकाले यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन निकै फाइदाजनक हुन्छ। यति मात्र होइन मानिसहरूले बिहान खाली पेटमा कागती पानी पनि पिउने गर्छन्। तर के तपाईलाई थाहा छ यदि कागती पानी धेरै खाँदा यसले हामीलाई असर पनि गर्न सक्छ। 

मुखमा घाउ बनाउन सक्छ

यदि तपाई लेमन पानिको धेरै सेवन गर्नुहुन्छ भने यसले घाउ बनाउन सक्छ। जसका कारण यसको अत्याधिक सेवनले पनि दुखाइ बढ्न सक्छ। त्यसैले ठिक्क मात्रामा मात्रै सेवन गर्नुपर्छ।

दाँतमा समस्या आउन सक्छ

कागती पानी पिउनाले शरीरलाई फाइदा पुग्छ तर यदि यसलाई धेरै मात्रामा पिउने हो भने यसले हाम्रो दाँतको हड्डीलाई कमजोर बनाउन सक्छ। त्यसैले लेमन पानिको अत्यधिक सेवन गर्नु हुदैन।

डिहाइड्रेसनको समस्या

कागती पानी पिउनाले शरीरलाई हाइड्रेट गर्न मद्दत गर्छ भने अर्कोतर्फ यदि यसको बढी सेवन गरियो भने यसले हाम्रो शरीरलाई डिहाइड्रेट पनि गर्न सक्छ। त्यसैले यसको अत्यधिक सेवनले हामीलाई असर गर्दछ। 

एसिडिटीको समस्या

मानिसहरू बिहान कागती पानी पिउने गर्छन् तर कहिलेकाहीँ ग्यासट्रीकको समस्या पनि हुने गर्दछ। यस्ता व्यक्तिलाई एसिडिटी र ग्यासट्रीक जस्ता समस्या धेरै बढ्न सक्छ।  -अमरउजालाबाट

प्रकाशित: Oct 11, 2022| 06:25 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्