मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रूसी नेता पुटिन र यूएईका राष्ट्रपति अल–नाह्यानबीच मस्कोमा भेटवार्ता हुने

रूसी नेता पुटिन र यूएईका राष्ट्रपति अल–नाह्यानबीच मस्कोमा भेटवार्ता हुने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुने भएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुने भएको छ।

राष्ट्रपति अल–नाह्यानले राष्ट्रपति पुटिनसँग संयुक्त अरब इमिरेट्स (यूएई) र रुसबीचको मैत्रीपूर्ण सम्बन्धका साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा र साझा चासोका घटनाक्रमबारे छलफल गर्ने संयुक्त अरब इमिरेट्स (यूएई) को सरकारी समाचार संस्था डब्लुएएमले सोमबार जनाएको छ।

साउदी अरबको नेतृत्वमा रहेको ओपेक समूह र ओपेक प्लस भनेर चिनिने रूसलगायत उसका सहयोगीहरूले तेलको मूल्य बढाउनका लागि तेल उत्पादन कटौती गर्ने निर्णय गरेको केही दिनपछि यो भ्रमण हुन लागेको हो।

मस्कोसँग सकारात्मक सम्बन्ध राख्ने खाडी मुलुकहरू युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्न हिचकिचाइरहेका छन्।

आक्रमणको केही हप्तापछि गत मार्चमा कतारका विदेशमन्त्री इरानको आणविक सम्झौता र युक्रेनमा जारी द्वन्द्वबारे छलफल गर्न रुसको राजधानी रुस गएका छन्। 

kumari

गत मे महिनामा आफ्ना भाइको निधनपछि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि शेख मोहम्मदको यो तेस्रो विदेश भ्रमण हुनेछ।

प्रकाशित: Oct 11, 2022| 04:45 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।