मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इटालीमा ऊर्जा वृद्धिको सामना गरिरहेका कम्पनीहरूलाई बचाउन ५० अर्ब युरोको माग

इटालीमा ऊर्जा वृद्धिको सामना गरिरहेका कम्पनीहरूलाई बचाउन ५० अर्ब युरोको माग

इटालीको व्यापारिक सङ्घ कन्फिन्ड्रियाले ऊर्जाको बढ्दो मूल्यका कारण हजारौं कम्पनीहरू असफल हुन र ठूलो सङ्ख्यामा रोजगारी गुम्न नदिन ४० देखि ५० अर्ब युरोको सहायता प्याकेजका लागि सोमबार आग्रह गरेको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

रोम- इटालीको व्यापारिक सङ्घ कन्फिन्ड्रियाले ऊर्जाको बढ्दो मूल्यका कारण हजारौं कम्पनीहरू असफल हुन र ठूलो सङ्ख्यामा रोजगारी गुम्न नदिन ४० देखि ५० अर्ब युरोको सहायता प्याकेजका लागि सोमबार आग्रह गरेको छ।

'उद्योग बिना, इटाली छैन। यदि हामीले हजारौं कम्पनी बन्द गर्‍यौं भने लाखौंको रोजगारी गुम्नेछ,' संस्थाका प्रमुख कार्लो बोनोमीले ला स्टाम्पा दैनिकलाई दिएको अन्तर्वार्तामा भने। 

उनले भने, 'महामारीको सुरुवातमा भन्दा अहिले म बढी चिन्तित छु। सन् २०२३ सम्ममा ४० देखि ५० अर्ब युरो (३९ देखि ४८ अर्ब अमेरिकी डलर) आवश्यक पर्ने अनुमान गरेको छु।'

गत महिना भएको निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गरेपछि इटालीको आगामी सरकारको नेतृत्व गर्ने तयारीमा रहेकी जियोर्जिया मेलोनीले यदि (उनी) ऊर्जा बिल कम गर्न युरोपेली ऐक्यबद्धतामा भरोसा गर्न नसक्ने हो भने ‘अन्य स्रोतसाधनको सहारा लिनुपर्नेछ।’ 

इटालियाली कम्पनीहरूले सन् २०२२ मा महामारी अघिको भन्दा ११० अर्ब युरो बढी तिर्नुपर्ने अनुमान गरिएको छ, जसमध्ये ५५.६ अर्ब युरो सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा तिर्नुपर्नेछ।

kumari

निवर्तमान प्रधानमन्त्री मारियो ड्राघीको सरकारले विपन्न परिवार र व्यवसायहरूलाई ऊर्जा सङ्कटको सामना गर्न मद्दत गर्न ६६ अर्ब युरो खर्च गरिसकेको छ।

सरकारले सन् २०२३ को पहिलो त्रैमासिकसम्म पनि आर्थिक उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ। यो मन्दी सन् २०२३ को पहिलो त्रैमासिकसम्म पनि जारी रहने सरकारी पूर्वानुमानले देशलाई मन्दीमा धकेल्ने अनुमान गरेको छ।

यसले कर राजस्व घटाउनेछ र नयाँ सरकारको गतिविधिको लागि ठाउँ सीमित गर्नेछ। इटालीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १५० प्रतिशत ऋणलाई ध्यानमा राख्दै मेलोनीले कुनै पनि बजेट अभावबारे कुनै निर्णयमा पुग्न संशय मानेका छन्। 

जर्मनीले २०० अर्ब युरोको ग्यास मूल्य राहत योजनालाई अन्तिम रूप दिने प्रक्रियामा छ। यसको इटाली लगायत युरोपेली साझेदारहरूले कडा आलोचना गरेका छन्। यसले उद्योगको लागि अनुचित लाभ सिर्जना गर्ने सम्भावना छ।

प्रकाशित: Oct 11, 2022| 05:10 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।