मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा विवादित भई रोकिएको एरोफ्लोटको उडान पुनः सञ्‍चालन

श्रीलंकामा विवादित भई रोकिएको एरोफ्लोटको उडान पुनः सञ्‍चालन

रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान कोलम्बोमा रोकिएपछि अवरूद्ध बनेको सेवा चार महिनापछि प्रतिबन्ध फुकुवा भएपछि सङ्कटग्रस्त श्रीलंकामा सोमबार फर्किएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

कोलम्बो- रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान कोलम्बोमा रोकिएपछि अवरूद्ध बनेको सेवा चार महिनापछि प्रतिबन्ध फुकुवा भएपछि सङ्कटग्रस्त श्रीलंकामा सोमबार फर्किएको छ।

युक्रेनमाथि आक्रमण गर्नुअघि रूस हिन्द महासागरको टापु राष्ट्रको आगन्तुकहरूको सबैभन्दा ठूलो स्रोत थियो। श्रीलंकाका पर्यटन मन्त्री हरिन फर्नान्डोले देशको आतिथ्य उद्योगको लागि अति आवश्यक प्रोत्साहनको रूपमा मस्को–कोलम्बो प्रत्यक्ष उडान सेवाहरू पुनः सुरु भएपछि सेवाको लागि स्वागत गरेका छन्।

'यो राम्रो समाचार हो,' उनले भने, 'मलाई आशा छ कि ‘रूसका छिमेकी देशहरूबाट’ पर्यटकहरूले पनि हप्तामा दुई पटक सेवा प्रयोग गर्नेछन्।'

कोलम्बोमा हवाई इन्धनको अभाव र माग घट्दै गएपछि धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले यस वर्ष श्रीलंकामा हवाई सेवा कटौती गरेका छन्। 

आयरल्याण्डको एक कम्पनीसँगको व्यापारिक विवादमा एयरबस ए–३३० लाई जफत गर्न अदालतले आदेश दिएपछि एरोफ्लोटले गत जुनमा उडान रोकेको थियो। 

kumari

सरकारी हस्तक्षेपपछि विमान लाई छोडिएको थियो तर यस घटनाले रूस र श्रीलंका सरकारबीच कुटनीतिक विवाद निम्त्यायो।

श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र आफ्नो पर्यटक राजस्व बढाउने प्रयास गरिरहेको छ किनकि टापुले आफ्नो आवश्यक आयातको लागि भुक्तानी गर्न डलर जुटाउन संघर्ष गरिरहेको छ।

देशले इन्धनको वितरणलाई आलोपालो गरी व्यवस्थापन गरिरहेको छ तर डलर कमाउने पर्यटन उद्योगलाई बचाउन पर्यटकहरू ओसारपसार गर्ने सवारी साधनहरूको लागि पेट्रोल र डिजेलको अनुमति दिइरहेको छ।

कोलम्बोले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न नसकेपछि कर्जाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वार्ता गरिरहेको छ।

प्रकाशित: Oct 11, 2022| 05:40 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।