बिहीबार, वैशाख ३१, २०८३

आकाशियो तरकारीको मूल्य

कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पाकत्वमा निकै कमी आउदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

धनगढी- कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पाकत्वमा निकै कमी आउदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ।

National life

धनगढी उपमहानगरपालिका–२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए।निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उनको अनुमान छ।

झण्डै एकसातादेखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मूख्य बढेको तरकारी व्यवसायीको भनाइ छ। वर्षाले तरकारी उत्पादनमा कमी आएको उनीहरुले बताएका छन्। 

वर्षाले विभिन्न स्थानबाट आउने तरकारी बजारमा पुग्न नसकेको कारण बजारमा ताजा तरकारी पाउन मुस्किल भएको छ। तरकारी बजारमा अहिले हरियो साग प्रतिकिलो रु एक सय ४०, काउँली प्रतिकिलो रु एक सय २०, आलु रु ५०,  टमाटर प्रतिकिलो रु एक सय, लौका रु ८०, काक्रा प्रतिकिलो रु एक सयमा बिक्री भइरहेको छ। वर्षाअघि धनगढीमा हरियो साग प्रतिकिलो रु ९०-१००, काक्रा प्रतिकिलो रु ६०, टमाटर रु ८०, काउली रु ९० र लौका रु ४० मा बिक्री भइराखेको थियो।

प्रकाशित: Oct 10, 2022| 21:30 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।