बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोले भएको क्षतिको अध्ययन गर्न जलस्रोत मन्त्रालयको टोली चन्द्रागिरिमा

पहिरोले भएको क्षतिको अध्ययन गर्न जलस्रोत मन्त्रालयको टोली चन्द्रागिरिमा

अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न संघीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न संघीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ। 

National life

नगरपालिका–३ स्थित देउराली, माथिल्लो मसिने, तल्लो मसिने र ढुङ्गेनीमा बढी नोक्सान भएको पालिकाकी वरिष्ठ अधिकृत भद्रा अर्यालले बताए। 'इन्द्रथान जाने सडक र कङ्काली माध्यमिक विद्यालयको आवसीय भवन परिसरमा सर्वाधिक क्षति भएको छ,' निरीक्षणपछि उनले भने। 

निरीक्षणमा उनीसहित जलस्रोत तथा ऊर्जा मन्त्रालयका प्राविधिकहरु सहभागी थिए। विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरुले आवासीय भवन पछाडिको करिब ७५ फिट जमिन भासिँदा भवन नै जोखिममा परेको बताए। 'थप क्षति हुन नदिन तत्काल घेराबारा लगाउनुपर्ने स्थिति छ', उनले भने।  

नगरपालिका–१३ र १५ मा डेढ सयभन्दा बढी घर डुबानमा परेको पनि अर्यालले बताए। खासगरी खोला किनारका बस्तीहरुमा १७ वर्षयताकै सर्वाधिक ठूलो बाढी आएका कारण यस्तो डुबान भएको उनको भनाइ छ। पानीले घना रूखबिरुवा भएका स्थानहरुमा समेत पहिरो गएका र कतिपय पहिराको सम्भावना नभएका बस्तीमा समेत घर जोखिममा पर्ने गरी पहिरो गएको उनले बताए। 

नगरपालिकाको एक महत्पूर्ण पर्यटकीय स्थल इन्द्रथान जाने बाटोका दर्जनौँ स्थानमा पहिरो गएको र खुलाउनका लागि डोजर प्रयोग गरिएको जानकारी पनि अधिकृत अर्यालले दिए। 'आजसम्म पनि सबै स्थानको पहिरो पन्छाउन सकिएको छैन। डोजरको सहायताले आवागमन खुलाउन खोजिरहेका छौँ', उनले भने। 

बर्सातकै क्रममा देउरालीमा पहिरो जाँदा एकै घरका तीनजनाको मृत्यु भएको थियो। नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्च एवं तत्कालीन राहतका रूपमा रु ५० हजार दिने नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए। राहत र उद्धारका सबै व्यवस्थापन नगरपालिकाले मात्र गर्न नसक्ने भएकाले सङ्घीय सरकारलाई पत्राचार गरिएको पनि उनले बताए। 

प्रकाशित: Oct 10, 2022| 23:15 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।